काठमाण्डू । चीनको सर्वोच्च विधायिकी अंग चिनियाँ राष्ट्रिय जन काँग्रेसको १४औं राष्ट्रिय समितिको चौथो अधिवेशन सम्पन्न भएको छ ।
सो अधिवेशन विभिन्न कार्यसूची सफलताका साथ पूरा गर्दै आज चीनको राजधानी पैचिङस्थित जन वृहत सभा भवनमा भव्य रुपमा सम्पन्न भएको हो । उक्त अधिवेशनले सरकारी कार्य प्रतिवेदन, पन्ध्रौ पञ्च वर्षीय योजना खाका, चिनियाँ राष्ट्रिय जन काँग्रेसको स्थायी समितिको कार्य प्रतिवेदनको अनुमोदन गरेको छ । उक्त अधिवेशनमा पर्यावरणीय तथा वातावरणीय कोड, जातीय एकता र प्रगतिको प्रबद्र्धन कानून, राष्ट्रिय विकास निर्माण कानून आदि पारित गरिएको छ । राष्ट्राध्यक्ष सी चिनफिङले नम्बर ७०, नम्बर ७१, नम्बर ७२, र नम्बर ७३ सम्बन्धि आदेशमा हस्ताक्षर गर्नुभएको छ ।
चिनियाँ राष्ट्रिय जन काँग्रेसको १४औं राष्ट्रिय समितिको चौथो अधिवेशन सम्पन्न, राष्ट्राध्यक्ष सी चिनफिङद्वारा नम्बर ७०, नम्बर ७१, नम्बर ७२ र नम्बर ७३ सम्बन्धि आदेशमा हस्ताक्षर ।।
सीसीटिभी प्लसका अनुसार अधिवेशनको समापन समारोह चिनियाँ राष्ट्रिय जन काँग्रेसका कार्यकारी अध्यक्ष चाउ लचिको अध्यक्षतामा सम्पन्न भएको थियो । समापन समारोहमा सी चिनफिङ, ली छ्याङ, वाङ हुनिङ, छाइ छि लगायतका उच्च नेताहरु सहभागी हुनुभएको थियो ।
सो अवसरमा अध्यक्ष चाउले पञ्च वर्षीय योजनाको तर्जुमा र कार्यान्वयन चिनियाँ कम्युनिष्ट पार्टीको शासनको एक महत्वपूर्ण अनुभव हो भन्नुहुँदै चीनको विशेषतायुक्त समाजवादी व्यवस्थाको एक महत्वपूर्ण राजनीतिक श्रेष्ठता पनि भएको बताउनु भयो । उहाँले पन्ध्रौं पञ्च वर्षीय योजनाका खाकाको कार्यान्वयन गर्नुका पछाडी महत्वपूर्ण अर्थ रहेको पनि बताउनु भयो ।
