RayNewsDaily
जनताको लोकतन्त्रको सम्पूर्ण प्रक्रिया "१५ औं पञ्चवर्षीय योजना" को बलियो आधार

पैचिङ(चीन) । वार्षिक रुपमा आयोजित चीनका दुई अधिवेशन, जनताको लोकतान्त्रिक प्रक्रियालाई नियाल्ने एउटा महत्वपूर्ण झ्याल हो। लगभग ५,००० जना प्रतिनिधिहरू र सदस्यहरू सबभन्दा आधारभूत तहको जनमत लिएर पैचिङमा भेला भएका छन्, जसले आधारभूत तहका आवाजहरूलाई निर्णय गर्ने तहमा पुर्याउनेछ र सम्पूर्ण प्रक्रियामा जनताको लोकतन्त्रको बलियो जीवन्तता प्रदर्शन गर्नेछ।

1773129997972_942-1773283394.png
जनताको लोकतन्त्रको सम्पूर्ण प्रक्रिया शासनका विभिन्न पक्षहरूमार्फत् चल्छ ताकि जनता आफ्नै मामिलाको मालिक हो भन्ने सुनिश्चित गरिन्छ। यी दुई अधिवेशनमार्फत जनताले विकासको खाका मात्र कोरेका होइनन् बरु ‘सबैभन्दा व्यापक, वास्तविक र प्रभावकारी' लोकतन्त्रको अनुभूति पनि गर्छन्।

राम्रो लोकतन्त्रको जरा धर्तीमा छ। चिनियाँ जनकांग्रेसका पाँच तहका करिब ९५ प्रतिशत प्रतिनिधिहरू आधारभूत तहबाट आउँछन् र उनीहरू जनताको चाहना र माँगलाई सबभन्दा माथिल्लो तहसम्म पुर्याइदिन्छन् यो नै सबैभन्दा ठूलो हदसम्म जनता देशका मालिक हुन् भन्ने महसुस गर्छन्। 

1773130019140_8-1773283414.png
 

राम्रो लोकतन्त्रले वास्तविक जनमतलाई आत्मसात गर्छ । "१५ औं पंचवर्षीय योजना" नेटवर्क आधारित राय सुझाव लिने कार्यक्रमले ३१.१ लाख सुझावहरू प्राप्त गर्यो र १५०० भन्दा बढी सुधार प्रस्तावहरू समाहित गरियो। दुई अधिवेशनको दौरान, ३ वटा महत्त्वपूर्ण कानूनहरूले ध्वनि नियन्त्रण जस्ता मानिसहरूको जीविकोपार्जनको चिन्तालाई सटिक रूपमा प्रतिक्रिया दिए।  यस्तो तरिकाबाट जनताको इच्छालाई विधिको शासनको ग्यारेन्टीमा रूपान्तरण गरिएको छ। 

राम्रो लोकतन्त्रले समस्याको समाधान साँच्चिकै गर्न सक्छ। प्रतिनिधिहरूको सुझावहरूमा समयमै प्रतिक्रिया दिइन्छ र सरकारी कार्य प्रतिवेदनमा प्रतिबिम्बित भएको छ। र सुझावहरूको जवाफ दिने पूर्णता दर उच्च रह्यो। चिनियाँ जनताको सरकारप्रति विश्वास र आशावाद विश्वमा पहिलो स्थानमा छ। जनताको लोकतन्त्रको सम्पूर्ण प्रक्रियाले चिनियाँ शैलीको आधुनिकीकरणका लागि संस्थागत ग्यारेन्टी मात्र प्रदान गर्दैन, विकासोन्मुख देशहरूका लागि पनि उपयोगी सन्दर्भ प्रदान गर्दछ। 

"१५औं पञ्चवर्षीय योजना" को प्रारम्भमा उच्च-स्तरको डिजाइन र जनतासँग परामर्श गर्ने एकताको पालना गर्दै जनताको लोकतन्त्रको सम्पूर्ण प्रक्रियालाई पुनर्जीवित गरिँदै जाने छ। र विश्वलाई प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ। सीजिटिएन

प्रकाशित मिति: मंगलबार, फागुन २६, २०८२  १८:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update