RayNewsDaily
चीनको पन्ध्रौं पञ्चवर्षीय योजना नेपालजस्ता विकासशील देशका लागि सहयोगी हुनेः कार्यवाहक राजदूत खनाल

 काठमाण्डू । चिनियाँ राजनीतिक जीवनको सबैभन्दा महत्वपूर्ण घटना मानिने दुई ठूला अधिवेशन बुधबारदेखि सुरू हुँदैछन् । बेइजिङको केन्द्रभागस्थित प्रशासनिक भवन ग्रेट हल अफ द पिपुल्समा बुधबार अपरान्ह जनराजनीतिक परामर्शदात्री सम्मेलन र भोलिपल्ट जन काङ्ग्रेसको बैठक बस्ने कार्यतालिका छ।

चीनका लागि कार्यवाहक नेपाली राजदूत रोशन खनालले पहिलो पटक चिनियाँ जनकाङ्ग्रेसको कार्यप्रतिवेदन सुन्न पाउँदा निकै उत्साहित भएको बताउँदै चीनको पन्ध्रौं पञ्चवर्षीय योजनाप्रति चासो रहेको बताउनुभयो । उहाँले चीनले नवीन विकास, आधुनिक औद्योगिकीकरण, वैदेशिक लगानीका साथै अझै सुधार तथा खुलापन बढाउने, आविष्कार र नवप्रवर्तनको क्षेत्रमा चामत्कारिक विकास गर्ने विश्वास रहेको बताउनुभयो ।

कार्यवाहक राजदूत खनालका अनुसार चीनले यो अवधिमा बाहिर गर्ने लगानी, समावेशी विकास, नेपालजस्ता विकासशील विभिन्न देशहरूसँग सहकार्य गरी थप अन्य देशको विकासमा योगदान गर्ने, नेपालमा लगानी, नवीन प्रविधि भित्र्याउन सहयोगी हुनेछ। उहाँले भन्नुभयो, ‘नेपालमा चुनावपछि बन्ने सरकारले  बीआरआई फ्रेमवर्क सहकार्यका परियोजनाहरू अघि बढाउन चीनको सहयोग पुग्ने अपेक्षा छ।’ सीजीटिएन

प्रकाशित मिति: बुधबार, फागुन २०, २०८२  २१:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update