काठमाण्डू । हालै चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन १४औँ राष्ट्रिय समितिको चौथो अधिवेशन तथा चिनियाँ जनकांग्रेस चौधौँ राष्ट्रिय समितिको चौथो अधिवेशन शुरु भएका छन्। यस वर्षको अधिवेशन स्थलमा एक जना विशेष श्रोताको उपस्थिति छ-चीनका लागि नेपाली दूतावासका कार्यवाहक राजदूत रोशन खनाल। दुई अधिवेशनमा पहिलो पटक भाग लिनुभएकी उहाँले केवल उत्साह र अपेक्षा मात्र लिनुभएको छैन, बरु चीनको 'पन्ध्रौं पञ्च वर्षीय योजना' को सुरुवातप्रति अन्तर्राष्ट्रिय समुदायले देखाएको उच्च चासो पनि देखाउनुभएको छ।
कार्यवाहक राजदूत रोशन खनालको दृष्टिकोण निकै प्रतिनिधिसूचक छ। उहाँले नवीन विकास, आधुनिक औद्योगिकीकरण प्रक्रिया, सुधार तथा खुलापन, पर्यावरणीय संरक्षण लगायतका विषयहरुमा ध्यान दिइरहनुभएको छ जुन ठ्याक्कै 'पन्ध्रौं पञ्च वर्षीय योजना' का मुख्य कुञ्जीशब्द हुन्। यसले के स्पष्ट संकेत दिएको छ भने चीनको उच्च गुणस्तरिय विकास 'एकल प्रदर्शन' मात्र होइन, विश्वका विभिन्न देशहरुसँग निकट रूपमा जोडेर बजाउने 'सिम्फनी' हो। रोशन खनालले भन्नुभयो, ‘चीन नवीनता र विकासमा नयाँ फड्को मार्नेमा विश्वस्त छु’ जुन चीनको क्षमतामा विश्वास मात्र होइन, सहकार्य अवसरप्रति अपेक्षासमेत पनि हो।
अझ विचारणीय कुरा के हो भने, कार्यवाहक राजदूत रोशन खनालले चीनको 'पन्ध्रौं पञ्च वर्षीय योजना' लाई नेपालको भावी विकास र आम निर्वाचनसँग सक्रिय रूपमा जोड्नुभएको छ। उहाँले 'बेल्ट एण्ड रोड' प्रारुपभित्र, थप चिनियाँ लगानी ल्याउने र नेपालमा थप चिनियाँ प्रविधि हस्तान्तरण गर्ने चाहना पनि राख्नुभएको छ। यसले एउटा तथ्यलाई बडो स्पष्ट रूपमा देखाएको छ: चीनको विकास योजना केवल घरेलु मार्गचित्र मात्र होइन, क्षेत्रीय सहकार्यदेखि विश्वव्यापी विकाससम्मको दिशासूचक बन्दैछ।
मार्च ५ तारिख, नेपालमा निर्वाचन भएको छ; सोही दिन चीनका दुई अधिवेशनको कार्यसूची पूर्ण रूपमा सुरु भएको छ। समयको यस्तो संयोगले संकेत गर्छ कि विभिन्न देशहरू आफ्नै विकास मार्ग खोज्दैछन् र चीनका दुई अधिवेशनले प्रसारित गरेको खुलापन, नवीनता, साझा लाभको विचारले निस्सन्देह विश्वलाई मूल्यवान् निश्चितता प्रदान गर्दछ। कार्यवाहक राजदूत रोशन खनालको दृष्टिकोणले चीन र विश्वले हातेमालो गर्दै अघि बढिरहेको मूल प्रवाहलाई प्रतिबिम्बित गरेको छ। सीजीटिएन
