RayNewsDaily
सिचाङका प्रतिनिधिबाट सांस्कृतिक उतराधिकारको योजनाको साझा

काठमाण्डू ।  चीनको राजधानी  पैचिङमा दुई अधिवेशन जारी रहेका छन्। चालु वर्ष दुई अधिवेशन १४ औँ चिनियाँ राष्ट्रिय जन कांग्रेसको चौथो अधिवेशन र चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन १४औँ राष्ट्रिय समितिको चौथो अधिवेशन हुन्। यी दुई अधिवेशन छुट्टा-छुट्टै मार्च ५ तारिख र ४ तारिख सुरू भएका हुन्।

मार्च ६ तारिख १४ औँ चिनियाँ राष्ट्रिय जन कांग्रेसको चौथो अधिवेशनको सिचाङ प्रतिनिधिमण्डलले बैठक खुला गरेको छ। जसले धेरै चिनियाँ र अन्तर्राष्ट्रिय सम्वाददातालाई आकर्षित गरेको छ। सो अवसरमा कोही पत्रकारले प्रश्न सोधे कि मुख्य रूपमा सिचाङमा बस्ने र चीनमा कम जनसंख्याको जाति लोपा जाति र मन पा जातिले युवाहरूमा कसरी आफ्नो परम्परा र संस्कृति फैलाउने र उतराधिकार गर्ने।

त्यसप्रति चिनियाँ राष्ट्रिय जन काँग्रेसका प्रतिनिधि एवम् सिचाङ स्वायत्त प्रदेशको शान नान शहरीय लोङच जिल्लाको तोउयु लो पा जातीय बस्तीका चासीच्याङछुले जवाफ दिनुभयो-

“लो पा जातिसँग भाषा मात्र छ, लिपि छैन। सँस्कृतिको फैलावट र उतराधिकार मौखिक रूपमा मात्र हुन सक्छ।”

उहाँको जानकारीअनुसार, त्यसप्रति विगत २ वर्षमा तत्स्थानले ८० लाख युआनभन्दा बढी लगानी गरी आफ्नो जातीय भाषा, इतिहास, परम्परागत सीप, गीत-नृत्य पोशाक, विशेषतायुक्त आवास आदिको संरक्षण गर्दैआएको छ।

केवल भाषा छ, लिपि छैन भन्ने वास्तविक परिस्थितिलाई लक्षित गर्दै, स्थानीय सरकारले खर्च दिएर शिक्षकलाई भर्ना गरी विद्यालयमा लोपा भाषा पाठ्यक्रम स्थापना गरेको छ। गाउँमा पनि नियमित रूपमा लोपा भाषाको रात्री विद्यालय आयोजना गरिन्छ, वृद्धहरू शिक्षकको रूपमा काम गर्न अति इच्छुक छन्, र युवाहरू पनि सक्रिय रूपमा भाग लिन्छन्। 

जसले“सँस्कृतिलाई केवल संग्रहालयमा नछोडी, यसलाई जनताको जीवनमा पनि जीवित हुन लगाएको छ,”चासीच्याङछुले भन्नुभयो। तत्स्थानले 'शिक्षकले चेला सिकाउने' प्रणालीलाई सुदृढ गरेर लोपा जातिको पोशाक, गीत र नृत्यलाई विद्यालय र दैनिक जीवनमा सम्बद्ध गराउँदै छ।

उस्तै परिवर्तन मन पा जातिको बसोबासी क्षेत्रमा पनि भएको छ। सिचाङको मो थो जिल्लाबाट आएका लोबुयाङचोङ मनपा जातिको राष्ट्रिय जनप्रतिनिधि हुनुहुन्छ। उहाँले दिनुभएको जानकारी अनुसार, मो थो जिल्लामा हाल करिब १५ हजार ३०० स्थायी बासिन्दा छन्, त्यसमध्ये करिब ८,५०० जना मनपा जातीय हुन्। केही वर्ष यता सँस्कृति र पर्यटन उद्योगको एकीकृत विकासमार्फत, स्थानिय क्षेत्रले मनपा जातिको पोशाक, गीत र नृत्यजस्ता विशेषयुक्त सँस्कृतिलाई हेर्न, अनुभव गर्न र महसुस गर्न सकिने सांस्कृतिक छापमा परिणत गरेको छ।

“मन पा जातीयहरू धेरैजसो नाच-गान गर्न राम्रा छन्।” लोबुयाङचोङले उल्लेख गर्नुभयो। यस जातिको सांस्कृतिक तत्व चालु वर्ष सीएमजीको वसन्त महोत्सव गालामा प्रदर्शन गरिएको छ, जसले मन पा जातिलाई अझ बढी ध्यानाकर्षण गरेको छ। सीजिटिएन

 

प्रकाशित मिति: मंगलबार, फागुन २६, २०८२  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update