पैचिङ(चीन) । १४ औँ चिनियाँ राष्ट्रिय जन कांग्रेसको चौथो अधिवेशनको दोस्रो पूर्ण बैठक मार्च ९ तारिख बिहान पैचिङमा अवस्थित जन बृहतसभा भवनमा आयोजित भएको छ।

राष्ट्रिय जन काँग्रेसको स्थायी समिति कार्य प्रतिवेदन र सर्वोच्च जन अदालत कार्य प्रतिवेदन, सर्वोच्च जनमहान्यायालय कार्य प्रतिवेदन सुनुवाई र समीक्षा सो बैठकमा गरिएको छ। साथै राष्ट्रिय जन काँग्रेस स्थायी समितिको कानून परिस्करण कार्यको अवस्था र सम्बन्धित कानून तथा निर्णयको व्यवस्थापनसम्बन्धि मतको प्रतिवेदनको समीक्षा पनि गरिएको छ।

बैठकमा सी चिनफिङ, ली छ्याङ, वाङ हुनिङ, साई छी, तीङ स्युएश्याङ, ली सी, हान चङ लगायत सहभागी हुनुभएका छन्।

प्राप्त जानकारी अनुसार, सो बैठकमा उपस्थित हुनुपर्ने प्रतिनिधिहरुको संख्या २८७८ भए र २७६० जना उपस्थित भए। साथै ११८ जना अनुपस्थित भए। उपस्थित संख्या कानूनी आवश्यकतासँग मेल खाएको बताइएको छ। सीजिटिएन
