RayNewsDaily
भारतीय एयरलाइन्सद्वारा मध्यपूर्वमा उडानहरू पुनः शुरु        

नयाँदिल्ली । भारतीय एयरलाइन्सले युद्वका कारण मध्य पूर्वका देशहरुमा रोकिएका हजारौं यात्रुहरूलाई स्वदेश फर्काउनका लागि सीमित व्यावसायिक सेवाहरू पुनः शुरु गर्ने जनाएको छ ।     
     
लाखौँ दक्षिण एसियाली नागरिकहरू मध्यपूर्वका विभिन्न देशहरुमा रोजगारीको शिलशिलामा वसोवास गर्दै आएको जनाइएको छ ।     
     
यसै गरी इन्डिगोले भने मध्यपूर्वका देशहरू बीचको हवाई सेवा सञ्चालनलाई क्रमिक रूपमा सामान्य बनाउदै लैजाने जनाएको छ ।     
     
एयर इन्डिया एक्सप्रेसले मङ्गलबार देखि ओमानको राजधानी मस्कट जाने उडानहरू पुनः सुरु गर्ने बताएको छ ।     
     
यद्यपि बहराइन, कुवेत, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स जाने उडानहरु भने हालसम्म स्थगित नै रहेको एयरलाइन्सले विज्ञप्ति मार्फत जनाएको छ ।     
     
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बहराइन, साउदी अरेबिया र जोर्डनसहित मध्यपूर्वका धेरै नेताहरूसँग फोनवार्ता गरेको जनाउँदै सामाजिक सञ्जालमा मार्फत भारतीय नागरिकको संरक्षणको लागि सहयोगी भुमिका खेलिदिएकोेमा धन्यवाद व्यक्त गर्नु भएको छ ।     
     
आक्रमणमा अबु धाबीमा एकजना नेपाली र बहराइन र संयुक्त अरब इमिरेट्समा दुई बंगलादेशीसहित धेरै दक्षिण एसियाली नागरिकको मृत्यु भएको जनाइएको छ ।     
     
प्रधानमन्त्री मोदीले सोमबार आफ्ना इजरायली समकक्षी बेन्जामिन नेतान्याहुसँगसमेत फोनवार्ता गरी हालैको घटनाक्रमको बारेमा चिन्ता व्यक्त गरेको र आफ्ना नागरिकको सुरक्षा प्राथमिकता बारे जानकारी लिएको जनाइएको छ । एएफपी

प्रकाशित मिति: मंगलबार, फागुन १९, २०८२  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update