RayNewsDaily
ब्राजिलमा भारी वर्षाका कारण १४ जनाको मृत्यु   

ब्रासिलिया । ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा भारी वर्षाका कारण कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै अन्य बेपत्ता हुनुका साथै ४०० भन्दा बढी विस्थापित भएका मिनास गेराइस राज्यका अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् ।    
    
जुइज डे फोरा नगर प्रमुखको कार्यालयले हताहत हुनेको सङ्ख्या उल्लेख नगरिकन सामाजिक सञ्जालमा दिएको जानकारी अनुसार बाढी, पहिरो र नदीको बहाव बढेपछि केही व्यक्ति हताहत भएको जनाएको छ ।    
    
मिनास गेराइस अग्नी नियन्त्रण विभागलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार १४ जनाको मृत्यु भएको छ भने कम्तीमा ४५ जना बेपत्ता भएका छन् ।    
    
जुइज डे फोराका मेयर मार्गरिडा सालोमाओले लगातारको तीव्र र वर्षालाई लिएर सङ्कटकाल घोषणा गर्नुभएको छ । आधिकारिक तथ्याङ्कका अनुसार यो महिना जुइज डे फोरामा सबैभन्दा बढी वर्षा भएको रेकर्ड गरिएको छ । एएफपी   
 

प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२  २०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update