RayNewsDaily
चाइना मिडिया ग्रुपको वसन्त चाड गाला प्रचारात्मक भिडियो पहिलोपटक उत्तर कोरियाका लागि चिनियाँ दूतावासमा सार्वजनिक

काठमाण्डू । फेब्रअरी १२ तारिख उत्तर कोरियाका लागि चिनियाँ दूतावासमा सन् २०२६ वसन्त चाड समारोह आयोजना गरिएको छ। उत्तर कोरियाको सर्वोच्च जन सम्मेलन स्थायी समितिका उपप्रमुख च्याङ रन श,उपविदेश मन्त्री फ्याउ मिङ हाउ लगायत लगभग १५० जना अतिथिहरु सो कार्यक्रममा सहभागी भएका छन्।

उत्तर कोरियाका लागि चीनका राजदूत वाङ या जुनले आफ्नो मन्तव्यमा सबै अतिथिहरुलाई नयाँ वर्षको शुभकामना दिनुभयो। उहाँले नयाँ वर्ष चीनको पन्ध्रौँ पञ्च वर्षीय योजनाको आरम्भ वर्ष भएको भन्दै उत्तर कोरिया र चीन बीचको सम्बन्धलाई सुदृढ पार्ने तथा थप विकास गर्ने चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ सरकारको दृढ नीति रहेको बताउनुभएको छ। चीनले उत्तर कोरियासँगको दौत्य सम्बन्धलाई अझ ठूलो विकास गरेर दुई मुलुकका जनतालाई हित कल्याण पुर्याउने राजदूत वाङले आफ्नो सम्बोधनमा व्यक्त गर्नुभएको छ।

सीजिटिएनका अनुसार उत्तर कोरिया सर्वोच्च जन सम्मेलन स्थायी समितिका उपप्रमुख च्याङ रन शले अन्तर्राष्ट्रिय परिस्थितिमा परिवर्तन आए पनि चीनसँगको सम्बन्धलाई निरन्तर गहन पार्ने र विकास गर्ने उत्तर कोरियाको दृढ अडान रहेकोले उत्तर कोरियाले पनि चीनसँग मैत्रीपूर्ण सम्बन्धलाई सबल पार्ने इच्छा लिएको बताउनुभएको छ।

 

प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update