RayNewsDaily
चीनको कारखानामा विस्फोट, नौ जनाको मृत्यु        

बेइजिङ । उत्तरी चीनको एउटा कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या नौ पुगेको चिनीयाँ सञ्चार माध्यमले मङ्गलबार जनाएका छन् ।     
     
विस्पोटमा परी एक जना एकजना व्यक्ति अझै बेपत्ता रहेको स्थानीय उद्धारकर्ताहरूलाई उद्धृत गर्दै सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।     
     
प्रारम्भिक रिपोर्टहरूले इनर मङ्गोलिया स्वायत्त क्षेत्रको बाओगाङ युनाइटेड स्टिल कारखानामा भएको विस्फोट ६५० घन मिटरको पानी र स्टीम ट्याङ्कीबाट भएको देखाएको थियो ।     
     
सिन्ह्वाले यस अघिको विस्फोटमा घाइते भएका ८४ जनालाई उपचारका लागि अस्पताल लगिएको बताएको थियो ।     
     
सामाजिक सञ्जालमा आएको फुटेजमा कारखानाको छत र भग्नावशेष, माथिको धुवाँ र घटनास्थलमा फायर इन्जिनहरू देखाइएको छ ।     
     
अन्य भिडियोहरूमा कारखानाबाट निस्कने धुवाँ र भवनहरूको भग्नावशेषबाट आएको जस्तो देखिने ठुलो, बेलनाकार रूपमा आकाशमा विस्फोट भइरहेको देखाइएको छ ।     
     
स्थानीय बासिन्दाहरूले विस्फोटले उनीहरूको घरहरू हल्लाएको र झ्यालहरू च्यातेको बताएका छन् ।     
     
गत जुन महिनामा मध्य चिनको हुनान प्रान्तको एक कारखानामा भएको विस्फोटमा ९ जनाको मृत्यु भएको थियो भने २६ जना घाइते भएका थिए ।     
     
सन् २०१५ मा बन्दरगाह सहर तियानजिनमा ज्वलनशील रसायन भएको गोदाममा भएको विस्फोटमा १७० जनाभन्दा बढीको मृत्यु भएको थियो भने ७०० जना घाइते भएका थिए । एएफपी

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update