बेइजिङ । चीनको 'शेनझोउ-२०' अन्तरिक्ष यान सोमबार बिहान उत्तर चीनको भित्री मङ्गोलिया क्षेत्रमा सुरक्षित रूपमा पृथ्वीमा अवतरण गरेको छ। उक्त यानमा कुनै पनि अन्तरिक्ष यात्री सवार थिएनन् ।
'शेनझोउ-२०' चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रमअन्तर्गत तयार गरिएको एक अन्तरिक्ष यान हो, जसलाई अन्तरिक्ष यात्री र सामग्री अन्तरिक्ष स्टेशनसम्म लैजान तथा फिर्ता ल्याउन प्रयोग गरिन्छ । यो यान जिउछ्वान प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा पठाइएको थियो र अन्तरिक्ष स्टेशनसँग सफलतापूर्वक जोडिएको थियो ।
शेनझोउ-२० ले लामो समयसम्म अन्तरिक्षमा बसेर अनुसन्धान, परीक्षण तथा आपतकालीन तयारीसम्बन्धी कामहरू सम्पन्न गर्यो । अन्तरिक्षको फोहोरसँग ठोक्किएको आशङ्कापछि केही समय कक्षामै राखिएको यस यानले करिब २७० दिन अन्तरिक्षमा बिताएर सुरक्षित रूपमा पृथ्वीमा फर्केर चीनको अन्तरिक्ष प्रविधि र आपतकालीन क्षमताको सफल परीक्षण गरेको छ ।
चीनको मानवयुक्त अन्तरिक्ष एजेन्सीका अनुसार अवतरणपछि गरिएको जाँचमा यानको बाहिरी भाग सामान्य अवस्थामा रहेको र भित्रका सामग्रीहरू पनि सुरक्षित रहेको पाइएको छ। यससँगै शेनझोउ-२० को अवतरण प्रक्रिया पूर्ण रूपमा सफल भएको जनाएको छ ।
शेनझोउ-२० अन्तरिक्ष यान गत वर्ष जिउछ्वान प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा पठाइएको थियो र अन्तरिक्ष स्टेशनसँग जोडिएर लामो समयसम्म कक्षमा रहेको थियो ।
कुल २७० दिन अन्तरिक्षमा बसेपछि यो यान पृथ्वीमा फर्किएको हो । यस अवधिमा विभिन्न परीक्षण र अध्ययन गरिएको थियो ।
यस यानका अन्तरिक्ष यात्रीहरू यसअघि नै सुरक्षित रूपमा पृथ्वीमा फर्किसकेका छन् र उनीहरू सबै स्वस्थ रहेका छन् । सिन्ह्वा
