सोनाक्षीले ट्वीटरलाई गरिन् ‘बाईबाई’
Sunday, June 21st, 2020, 7:10 pm
काठमाडौं, असार ७ । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो ट्वीटर अकाउन्ट बन्द गेरकी छिन् ।
इन्स्टाग्राममा उनले आगो लागोस् बस्तीमा, म मेरो मस्तीमा। बाई बाई ट्विटर लेख्दै ट्वीटरबाट टाढा भएको जानकारी दिएकी छन् । इन्स्टाग्राम मार्फत एक पोस्ट गर्दै सोनाक्षी सिन्हाले मानसिक स्वास्थ्यलाई बचाउन र नकारात्मकताबाट टाढा राख्नका लागि आफ्नो पहिलो कदम उठाइरहेको भन्दै ट्वीटर अकाउन्ट निष्क्रिय गर्ने निर्णय गरेको जानकारी दिएकी छिन् ।
योसँगै उनले आफ्नो इन्स्टाग्राममा कमेन्ट गर्न नमिल्ने समेत बनाएकी छिन् । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि सोसल मिडियामा फिल्मी क्षेत्रसँग जोडिएका मानिस तथा कलाकारहरूलाई सामाजिक संजालमा ट्रोल बनाउने तथा बहिष्कर तथा अनफलो गर्ने ट्रेन्ड चलिरहेको छ ।