थप ४२१ मा कोरोना, कुल संक्रमितको संख्या ९०२९ पुग्यो
Sunday, June 21st, 2020, 4:59 pm
काठमान्डौ, असार ७। पछिल्लो २४ घण्टामा नेपालमा ४२१ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टामा ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ हजार २९ पुगेको छ। हालसम्म ७५ ओटा जिल्लामा कोरोना संक्रमित भेट्टीएका छन्।