एक नम्बर प्रदेशमा कोरोना संक्रमितको संख्या ४४८
Sunday, June 21st, 2020, 4:45 pm
विराटनगर, असार ७ । एक नम्बर प्रदेशमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ४४८ पुगेको छ । आइतबार थप १५ जनामा कोरोना पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताका अनुसार पछिल्लो २४ घण्टायता आज सुनसरी, मोरङ, उदयपुर र झापामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनका अनुसार आज संक्रमण पुष्टि हुनेमा ११ जना पुरुष र ४ जना महिला रहेका छन् ।
सुनसरीको बर्जु र कोशी गाउँपालिकामा १–१ जनामा कोरोना संक्रमण देखिएको छ भने झापाको अर्जुनधारा ३ जना, कनकाई नगरपालिकाका १ जना, मेचीनगरका २ जनालाई कोरोना संक्रमण देखिएको हो ।
यसैगरी उदयपुरको कटारीमा १ जना, उदयपुरगढीमा २ जना, त्रियुगामा २ जनामा संक्रमण देखिएको हो भने मोरङको सुन्दरहरैँचा नगरपालिकामा एक महिला र एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४४८ पुगेको छ । जसमध्ये २३४ जना उपचारपछि निको हुँदै घर फर्किएका छन् ।