संखुवासभामा पहिरोका कारण अरुण नदी आंशिक रूपमा थुनियो
Sunday, June 21st, 2020, 2:43 pm
संखुवासभा, असार ७ । केही दिनदेखि परेको अविरल वर्षाको कारण संखुवासभाको मकालु गाउँपालिका वडा नम्बर २ र ५ मा पर्ने बोयामफेदी भन्ने ठाउँबाट पहिरो गएको छ ।
गए राति पहिरो खस्दा झरेर अरुण नदीको केही भाग थुनिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज मल्लले जानकारी दिए । उनका अनुसार पहिरोले अरुण नदी थुनिँदा करिब ३ सय मिटर क्षेत्रमा पानी जमेर ड्याम बनेको छ ।
अरुण थुनिएपछि अरुण तेस्रो आयोजनाको ड्याम साइड फ्याक्सिन्दा र पुखुवा आसपास क्षेत्रसमेत जोखिममा परेको छ ।