नेपाली नायिका निरिषाले जितिन् कोरोना
Sunday, June 21st, 2020, 12:24 pm
काठमाडौं, ७ असार । मुम्बईमा बस्दै आएकी नेपाली अभिनेत्री निरिषा बस्नेतले कोरोनालाई जितेकी छिन् । कोरोना सङ्क्रमण पुष्टि भएपछि उनी मुम्बईको एक अस्पतालमा भर्ना भएकी थिइन् । केही समय अस्पतालमा रहेर चिकित्सकको निगरानीमा उनि कोरोना मुक्त भएको उनका बाबु विश्व बस्नेतले जानकारी दिएका छन् ।
केही समय बलिउडमा काम गरिसकेपछि नेपाली चलचित्र ‘जानी नजानी’ बाट मुख्य अभिनेत्रीको भुमिकामा डेब्यु गरेकी थिइन् । फिल्मले बक्स अफिसमा खासै सुखद् व्यापार गर्न नसकेपछि उनी मुम्बईमा नै रहेर संघर्ष गरिरहेकी हुन् ।
उनले भारतमा भारतीय सिरियल ‘चन्द्र नन्दिनी’ मा काम गरिसकेकी छिन् । संगै बस्ने रुम पार्टनरलाई कोरोना सङ्क्रमण देखिएपछि स्वाब परीक्षण गर्दा उनीमा पनि दई साता अगाडि कोरोना पुष्टि भएको थियो ।