शिक्षाविद् अंगुरबाबा जोशीको निधन
Saturday, June 20th, 2020, 9:25 pm
असार ६, काठमाण्डौं । शिक्षाविद् अंगुरबाबा जोशीको ७९ वर्षको उमेरमा शनिबा(आज) निधन भएको छ। लामो समयदेखि क्यान्सरसँग लड्दै आउनु भएको जोशीको बाँसबाँरीस्थित न्यूरो अस्पतालमा उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। छातीमा देखिएको संक्रमणका कारण तीन सातादेखि उहाँको न्युरो अस्पतालमा उपचार भैरहेको थियो ।
२०१९ सालमा पद्मकन्या क्याम्पसमा अध्यापन शुरु गर्ने जोशी अध्यापनको १८ मध्ये १२ वर्ष प्रमुख रहनुभयो । उहाँ नेपालकै पहिलो महिला क्याम्पस प्रमुख हुनुहुन्थ्यो । जोशी अक्सफोर्ड विश्वविद्यालयबाट दीक्षित पहिलो नेपाली भएको जानकारी पनि जनस्वास्थ्यविद डा. रिता थापाले आफ्नो ट्विटमा उल्लेख गरेकी छन्।
जोशीले अवकाशपछि पनि सार्वजनिक वृत्तमा आफ्ना वौद्विक विचारहरू राख्दै आउनुभएको थियो ।
१७ वर्षअघि उनलाई सुरूमा घाँटीमा क्यान्सर देखिएको थियो भने त्यसको केही वर्षपछि स्तन क्यान्सर भएको थियो।
काठमाडौं डिल्लीबजारमा बुबा पिताम्बरप्रसाद पन्त र माता दीपकुमारी पन्तको कोखबाट जन्मिएकी जोशीको ११ वर्षकै उमेरमा बिहे भएको थियो। उनले विद्यालय गएर औपचारिक शिक्षा हासिल गर्न पाइनन्। छोरी(बुहारी पढ्न नदिइने त्यो समाजमा सासूको सहयोगले घरमै स्वअध्ययन गरी सन् १९४८ मा दोस्रो श्रेणीमा एसएलसी पास गरेकी थिइन्। उनलाई पढ्न प्रेरित गर्ने सासू चन्द्रकुमारी जोशी १०७ वर्षको उमेरमा अझै जीवित छिन्।
प्राइभेट रूपमा अध्ययन गरेर आईए पास गरेपछि जोशीले श्रीमान् बलराम जोशीसँगै बनारस पुगेर राजनीति शास्त्र र संस्कृत विषयमा बीए पास गरिन्। त्यसपछि बेलायत सरकारद्वारा प्रदान गरिने कोलम्बो प्लान अन्तर्गतको छात्रवृत्तिमा अक्सफोर्ड युनिभर्सिटी अन्तर्गतको समरभिल कलेजमा अध्ययन गर्न गइन्। त्यहाँ उनले चार वर्षमा अध्ययन पूरा गरेकी थिइन्।
जोशीका ‘कल्पना कथासंग्रह’ ९बि।सं। २०३१०, ‘क्यान्सरः वरदान’, ‘वृद्धा अवस्थास् जीवनको श्रीपेच’ र ‘दीक्षा’ कृति प्रकाशित छन्।
उनले गोरखा दक्षिण बाहु दोश्रो, त्रिशक्ति पट्ट तेश्रो, महेन्द्र विद्या भुषण पहिलो, २०७२ सालको जगदम्बा श्री पुरस्कार प्राप्त गरेकी थिइन्।