२४ घन्टामा १७६ जना कोरोना मुक्त, निको हुनेको संख्या १५७८ पुग्यो
Saturday, June 20th, 2020, 4:46 pm
काठमान्डौ, असार ६। नेपालमा कोरोना भाइरसबाट २४ घन्टामा १७६ जना कोरोना मुक्त भएका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफ़िङ्ग मार्फत मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएका हुन्।
पछिलो २४ घन्टामा १७६ जना कोरोना मुक्त भएसंगै निको हुनेको संख्या १५७८ पुगेको छ।
२४ घन्टामा १७६ जना कोरोना मुक्त मध्ये १५८ जना पुरुष रहेका छन् भने १८ जना महिला रहेका छन र निको हुने कुल संख्या मध्ये १४३७ पुरुष रहेका छन् भने १४१ जना महिला रहेका छन्।