आज थप ३ सय ३१ मा कोरोना संक्रमण देखियो
Saturday, June 20th, 2020, 4:35 pm
काठमान्डौ, असार ६। नेपालमा कोरोना भाइरसबाट थप ३३१ जना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफ़िङ्ग मार्फत मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएका हुन्।
पछिलो २४ घन्टामा संक्रमित थपिए संगै नेपालमा कुल संक्रमितको संख्या ८६०५ पुगेको छ। संक्रमित ८६०५ मध्ये ७५६ जना महिला रहेका छन् भने ७८४९ पुरुष रहेका छन्।
हालसम्ममा कोरोना संक्रमित भेट्टीएको जिल्ला ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताले जानकारी दिएका हुन् ।