दक्षिण कोरियाबाट २२८ नेपाली स्वदेश फर्किए
Saturday, June 20th, 2020, 3:49 pm
६ असार, काठमाडौं । नियमित अन्तराष्ट्रिय उडानमाथि लगाइएको प्रतिवन्धका कारण दक्षिण कोरियामा समस्यामा परेका २२८ जना नेपालीहरु स्वदेश फिर्ता भएका छन्। यो विमानले २३३ जना नेपाली कामदार लिएर फर्किएको छ ।
कोरिएन एअरको विमान केइ(९६९५ ले नेपालबाट आफ्ना कामदारहरु कोरिया लिएर फर्किने तयारीमा रहेकै बेला सोही विमानबाट नेपालीहरू काठमाडौं शनिबार बिहान काठमाडौं उत्रिएका हुन् ।
नेपाल आउन लागेको कोरिएन एअरलाई नेपाल सरकारले कोरियाबाट समस्यामा परेका आफ्ना नेपाली नागरिकहरु लिएर आउन अनुमति दिएपछि नेपालीहरुले स्वदेश फिर्ता हुने अवसर पाएका हुन्।
यो उडानको संयोजन एनआरएनए दक्षिण कोरियाले गरेको थियो । यसअघि एनआरएनए कोरियाले उद्वार उडानको प्रयास गरे पनि नेपाल वायुसेवा निगमले कोरियामा अनुमति नपाएकै कारण सम्पूर्ण प्रक्रिया रद्द भएको थियो ।
अहिले कोरियास्थित नेपाली दुतावासमा ११ सय जना भन्दा बढी नेपालीहरु विविध समस्याका कारण तत्काल नेपाल प्रवेश गर्न चाहनेको सूचीमा छन्।