ब्राजिलमा एकै दिन थपिए ५४ हजार संक्रमित भेटिए
Saturday, June 20th, 2020, 10:15 am
ब्राजिलमा दश लाख बढीलाई कोरोना संक्रमण देखिएको छ। त्यसैगरी कोरोना संक्रमणका कारण ४८ हजार बढीको मृत्यु भइसकेको छ। ब्राजिलको स्वास्थ्य मन्त्रालयले स्थानीय समयअनुसार शुक्रवार जारी गरेको प्रेस वक्तव्यमा एकै दिन ५४ हजार ७ सय ७१ मा कोरोना संक्रमण देखिएपछि देशभर कोरोना संक्रमितको संख्या १० लाख ३२ हजार ९ सय १३ पुगेको छ।
ब्राजिलका सहरहरु पुन खोल्न थालिएपछि संक्रमणदर बढ्न थालेको हो। कतिपय स्वास्थ्यविद्हरुले संक्रमणदर यसरी बढ्दै गए ब्राजिलले अमेरिकालाई पनि उछिन्ने छ। हालसम्म कोरोना संक्रमणका कारण अमेरिकामा एक लाख १८ हजार बढीको मृत्यु भइसकेको छ भने करिब २२ लाखमा कोरोना संक्रमण देखिएको छ।
ब्राजिलमा गत फेब्रुअरी २६ मा पहिलो संक्रमण पुष्टि भएको थियो।