गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना संक्रमण
Saturday, June 20th, 2020, 10:08 am
पोखरा, असार ६ ।गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ सय ३८ पुगेको छ ।आज प्रदेशका ७ जिल्लाका ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।सबैजना सम्बन्धित पालिकाको क्वारेन्टिनमा रहेको र सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
तनहुँमा २५, नवलपुरमा १६, बागलुङमा ८, गोरखामा ५, म्याग्दीमा १, कास्कीमा २ र स्याङ्जामा १ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैबीच कास्कीको मादी गाउँपालिकामा ट्राभल हिस्ट्री बिना नै १९ महिनाका शिशु कोरोना संक्रमित भएको पुष्टि भएको छ ।
भारतमा रहेका शिशुका बुबा केही दिनअघि स्वदेश पर्किएर क्वारेन्टिनमा बस्दै आएको र आमा पनि लकडाउनपछि गाउँ नछोडेपनि शिशुलाई कोरोना भएको गाउँपालिकाले जनाएको छ ।