गृहमन्त्रालयको आदेश : बेलुका १० बजे पछी र बिहान ५ बजे भन्दा अगाडी हिँडडुल गर्न रोक
Friday, June 19th, 2020, 8:31 pm
काठमान्डौ असार ५। कोरोना भाइरसको कारण सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध लगाएको छ ।
गृहमन्त्रालयले जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ मार्फत् अत्यावश्यक कामबाहेक राति १० बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो । मापदण्ड कडाइका साथ पालना गराउन गृह मन्त्रालयले सुरक्षा निकाय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखबाहेक ७३ जिल्लाभित्र निजी सवारी साधनमा जोरविजोर प्रणाली कायम गरिएको छ । तर राति फिल्डमा खटिएका सुरक्षाकर्मीलाई छलेर एक जिल्लाबाट अर्को जिल्लामा अनुमति बिना यात्रु ओसारपसार हुन थालेपछि सुरक्षा जाँचमा थप कडाई गर्न पनि निर्देशन दिइएको छ ।
मापदण्ड उल्लंघन गर्नेमाथि प्रचलित कानुन बमोजिम कारबाही गर्न पनि निर्देशन दिइएको छ ।
कोरोना भाइरसको जोखिम स्थिति हेरेर लकडाउनको मोडालिटी परिवर्तन गर्न सक्ने हुनाले यो नियम लागु गरेको हो।