कपाल कलर गरेपछि यि कुराहरूमा ध्यान दिनु आवश्यक
Friday, June 19th, 2020, 5:52 pm
काठमान्डौ, ६ असार। लकडाउनको बेलामा फुर्सद पाएका मानिसहरू केहि न केहि नयाँ गरेर समय बिताइरहेका छन् । कोहि कपाल काटेर आफूलाई नयाँ लुक्स दिइरहेका छन् भने कोहि कपालमा कलर गरिरहेका छन् । तर, कपाल कलर गरिसकेपछि यसलाई पहिलेको भन्दा धेरै ध्यान दिनु पर्ने र धेरै स्यहार गर्नुपर्ने हुन्छ । अहिले गर्मीको समय पनि छ । अरु समयमा भन्दा पनि गर्मीको मौसममा धेरै पसिना आउछ ।
कपालबाट पसिना र तैलिय पदार्थ निस्किरहेको बेलामा बाहिरी धुलो टास्सिने हुदा कपाल चाँडै मैलो र चिपचिप हुने गर्छ । मैला हटाउनका लागई धेरै पटक नुहाउने गर्दा कपालको कलर छिट्टै जानुका साथै कपाललाई पनि रसायन भएको स्याम्पुले ड्यामेज गर्न सक्छ । कपालमा रंग लगाउदा सधै गुणस्तरीय हेयर कलरको प्रयोग गर्नुपर्छ । र, पहिलो पटक हाम्रो कपाल कलर गर्दा थोरै मात्रामा कलरलाई कानको पछाडिको भागमा लगाएर टेस्ट गर्नुपर्छ । कुनै प्रकारको रियाक्सन नभएको खण्डमा मात्र कलरलाई कपालमा प्रयोग गर्नु उपयुक्त हुन्छ । एक पटक कपालमा कलर लगाएपछि कपाललाई निकै ध्यान दिनुपर्छ ।
सानो लापरवाहीले पनि कपाल झरेर, टुक्रिएर चिंदे हुन सक्ने सम्भावना पनि आउन सक्छ । गर्मी र पसिना आउने कारण कपाल खुल्लै राख्न पनि सकिदैन । स्याम्पु गरिसकेपछि कलर गरिएको कपालमा कन्डिसनर तथा सिरमको प्रयोग गर्नु पर्छ । यसो गर्दा कपालको प्राकृतिक नरमपन, रंग तथा कोमलता कायम रहन्छ । स्याम्पु गरेपछि कपाल सुकाउदा घाममा बस्ने तथा हेयर ड्रायर प्रयोग गर्नुहुँदैन । कलर गरिएको केपाललाई घामबाट जोगाउनका निम्ति स्याम्पु गरि सकेपछि सनसिल्डको प्रयोग गर्नुपर्छ । गर्मिमा कलर लगाएको कपालको चमक र कोमलतालाई हानि पुर्याउँन सक्ने हुदा घाममा बाहिर निस्कनु अघि क्याप, स्कार्फ वा छाताको प्रयोग गर्नुपर्छ ।