यस्ता छन् कालो चिया पिउनुका फाइदाहरू
Friday, June 19th, 2020, 5:50 pm
काठमान्डौ, ६ असार। बिहान हर घरमा चिया पाक्ने गर्छ । कसैकोमा कालो, दुध हालेको, ग्रिन टि वा अन्य धेरै प्रकारको चिया पाक्ने गर्छ । चिया बिना दिनको सुरुवात नगर्ने कम नै छन् । घरमा पाक्ने बिभिन्न प्रकारको चिया मध्ये कालो चिया पिउँदा स्वास्थ्यको लागि विभिन्न किसिमका फाइदाहरू हुने पइएको छ ।
कालो भन्नाले फिक्का, उमालेको पानीमा चियापत्ति अनि चिनी हालेर बनाइएको चिया हो । दुध हालेपछि चियापत्तिका बायोलोजिकल असरहरू कम हुने भएकाले चियामा दुध नहालेरै पीएमा धेरै फाइदा हुने जनाईएको छ । एकअध्ययन अनुसार दिनको तीन कपसम्म कालो चिया पिउन सकिन्छ ।
कालो चिया एन्टी अक्सिडेन्टले भरिपूर्ण हुन्छ जसकारण कालो चियाले स्वास्थ्यमा निकै फाइदा पुर्याउने गर्छ । नियमित बिहान एक कप कालो चिया पिउदा शरीरबाट विषाक्त टक्सिन बाहिरिने हुँदा पसिना कम आउछ र पसिना गनाउने समस्या पनि हराउदै जान्छ । कालो चियामा पाईने एन्टी अक्सिडेन्टले शरीरमा भएको टक्सिन्सलाई बाहिर निकाल्ने हुदा उमेर बढेको लक्षण छिटै देखाउदैन ।
बिहान खाली पेटमा कालो चिया पिउने गर्दा शरीरको रोग प्रतिरोधात्मक क्षमतामा बढाउने गर्छ । कालो चिया पिउँदा कोलेस्ट्रोलको मात्रा घटाउने भएकोले मुटुजन्य समस्याको खतरा नहुने पाइएको छ ।