गम्भीर र कमजोर विरामीहरूलाई दिने खोप चाडै आउदै
Friday, June 19th, 2020, 5:47 pm
काठमान्डौ, ६ असार। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले यस वर्षको अन्त सम्म कोरोना भाइरसको खोप उपलब्ध हुन सक्ने बताएको छ । विश्वभर धेरै खोपहरू बनिरहेको हुदा यस वर्षको अन्त सम्म कोरोना भाइरसको खोप उपलब्ध हुन सक्ने विश्व स्वास्थ्य संगठनका वैज्ञानिक सौम्या स्वामिनाथनले बताएकी हुन् ।
हालसम्म कोरोना भाइरसको कुनै खोप बनेको छैन, तर डब्ल्यूएचओका घनुसार सबैभन्दा कमजोर र प्रभावित व्यक्तिहरूलाई बचाउनका लागी यस वर्षको अन्त्यसम्म हजारौं डोज उपलब्ध हुन सक्ने आशा रहेको देखिन्छ । विश्वभरका विज्ञहरू २ सय भन्दा बढी सम्भाव्यत खोपमा काम गरिरहेको र करीव १० खोप मानवहरूको परीक्षण भइरहेको स्वामिनाथनले बताएकी छिन् ।
खोप बनाउनु जटिल काम हुने हुदा एकचोटि असफल भएमा आशा छाड्नु भन्दा पनि फेरि प्रयास गर्नुपर्ने उनको भनाई छ । सबै ठीकठाक भएमा यस बर्षको अन्त्यसम्म एक वा दुई सफल खोपहरू बनिसक्ने हुदा सर्वप्रथम फ्रन्टलाइनमा खटिइकाहरूलाई खोप दिएपछि गम्भीर बिरामी र कमजोर विरामीहरूलाई दिइने स्वामिनाथनले बताइन् ।