आत्महत्या गरेकी नायिका जियाकी आमाले लगाइन् सलमानमाथि आरोप
Friday, June 19th, 2020, 5:36 pm
काठमान्डौ, ५ असार। ३४ वर्षीय बलिउड अभिनेता सुशान्त सिंह राजपूतले १४ जूनको बिहान आफ्नै घरमा आत्महत्या गरेका थिए । सुशान्तको मृत्युपछि बलिउडमा धेरै जसो सबै कलाकारहरूको पोल खुलेको र धेरै सेलिब्रेटीहरूले बलिउड उद्योगमा आफूले पाएका धम्की र अनुभवहरू साझा गरिरहेका छन् ।
दिवंगत अभिनेत्री जिया खानकी आमा रबिया अमीनको सुशान्त सिंह राजपूतको परिवारप्रति शोक व्यक्त गर्दै सलमान माथि आरोप लगाएकी छिन् । २०१३ मा २५ वर्षिय जिया खानले आत्महत्या गरेकी थिइन् । जियाको मृत्युको कारण अहिलेसम्म पनि पत्ता लागेको छैन ।
आदित्य पञ्चोलीका छोरा सुरज पञ्चोलीमाथि जियालाई मृत्युका लागि उक्साएको आरोप लागेपछि सुरजलाई जेल सजाय पनि भएको थियो । तर, वर्षौंअघि पुलिसले अभिनेता सूरज पंचोलीलाई सोधपुछ गरिरहेको बेलामा सलमान खानले पुलिसलाई सूरजसंग सोधपुछ नगर्न भनेर पटक पटक फोन गरेको रबियाले एक भिडियो मार्फत बताएकी छन् ।
अहिले भइरहेको घटनाले आफूलाई २०१५मा सीबीआई अफिसरले महत्वपूर्ण प्रमाण भेटिएको भन्दै लण्डनबाट उनलाई बोलाएको सम्झना दिलाएको उनि बताउछिन् । रबियाले बताएअनुसार सीबीआई अफिसरलाई सलमानले हरेक दिन फोन गरेर धेरै पैसा लगानी गरेको भन्दै सूरजलाई सोधपुछ नगर्न र यस केसबाट टाढा राख्न भनेको भनेर आरोप लगाएकी छन् । यो कुरा उनले दिल्लीमा उच्च सीबीआई अफिसरहरू समक्ष राखेको पनि सुनाएकी छन् ।