ऋचाले किनिन्‘छक्का पन्जा ३ र छ माया छपक्कै’को एप राइट
Friday, June 19th, 2020, 5:18 pm
काठमान्डौ, ५ असार। केहीदिन अगाडि मात्र निर्माता तथा कलाकार दीपकराज गिरीले परदेशमा रहेका दर्शकहरूका लागि ‘छक्का पन्जा ३ र छ माया छपक्कै’ एउटा नयाँ एपमा रिलिज हुन लागेको जानकारी दिएका थिए । यस्तैमा
‘छक्का पन्जा ३ र छ माया छपक्कै’को एप राइट अभिनेत्री ऋचा शर्माले किनेको खबर सार्वजनिक भएको छ । निर्माता तथा कलाकार दीपक राज गिरी र टिमका यी दुइ फिल्मलाई ऋचाले ‘चलचित्र टिभी’ नामक एप मार्फत रिलिज गर्नका लागि एप राइट किनेको जनाइएको छ ।
अमेरिकामा रहेका केही लगानीकर्ता र नेपालमा रहेकी ऋचाले मिलेर ‘चलचित्र टीभी’ एप तयार पारेका हुन् । एपलाई जुनको २४ तारिखबाट लञ्च गरिने तयारी भएरहेको छ । १०-१० लाख रुपैयाँ एड्भान्स रकम दिइएको बुझिइए पनि योभन्दा बढी रकम नाफा भएमा निर्माता र ऋचाले फेरि सेयर बाँडफाँट गर्ने बताएइको छ ।
युट्युबमा समेत सार्वजनिक नभएका यी दुई फिल्मलाई ‘चलचित्र टिभी’ मार्फत सार्वजनिक गरिने भएको छ । एप सार्वजनिक भएपछि दर्शकले ‘चलचित्र टीभी’एप डाउनलोड गरी केही रकम तिरेर चलचित्र हेर्न सक्नेछन् ।