नेपाल सैनिक कल्याण्कारी बोर्डमा जागिर खुल्यो
Friday, June 19th, 2020, 4:53 pm
काठमाडौं, ५ असार । नेपाल सैनिक कल्याणकारी बोर्डमा सीईओको जागीर खुलेको छ ।
विभिन्न पदपूर्तिका लागि नेपाली सेनाको कल्याण्कारी योजना निर्देशनालयले दर्खास्त दिन सूचना जारी गरेका छे ।
कल्याणकारी बोर्ड, महाराजगञ्जको लागि प्रमुख कार्यकारी अधिकृत, पेट्रोल पम्पमा प्रबन्धकका लागि पद रिक्त भएकाले सेनाद्धारा पदपूर्तिका लागि सूचीत गराइएको हो ।
ईच्छुक आवेदकले सूचना प्रकाशित भएको १५ दिनभित्र कल्याणकारी योजना निर्देशनालयमा सम्पर्क गर्नुपर्ने छ ।
कर्मचारीहरु सबैलाई एक वर्ष करारका लागि माग गरीएको छ ।
कल्याण्कारी बोर्डमा प्रमुख कार्यकारी अधिकृतका लागि आवेदकको योग्यता अवकाश प्राप्त रथी वा उपरथी हुनुपर्नेछ ।
त्यसैगरी लघुवित्त शाखा प्रमुखका लागि अवकाश प्राप्त भएको महासेनानी हुनुपर्नेछ ।
इपिसेन्टर कार्यालय, पोखराको कार्यालय प्रमुखका लागि पनि अवकाश प्राप्त महासेनानी अथवा प्रमुख सेनानी मागिएको छ ।
कल्याणकारी योजना निर्देशनालय, जंगीअड्डाका लागि सेनाबाट अवकाश प्राप्त लेखा अधिकृत र अवकाश प्राप्त माउसे वा सुक माग गरिएको छ ।
सुन्दरीजल मिनिरल वाटर प्लाण्ट, सुन्दरी जलका लागि अवकाश प्राप्त महासेनानी वा प्रमुख सेनानी माग गरिएको छ ।
रिपुमर्दिनी पेट्रोल पम्प, बुटवलका लागि प्रबन्धक अवकाश प्राप्त महासनानी वा प्रमुख सेनानी, रिपुमर्दिनी पेट्रोल पम्प, खैरेनीटारका लागि अवकाश प्राप्त प्रमुख सेनानी माग गरिएको छ ।