पीङ खेल्ने क्रममा घाँटीमा पासो लाग्दा बालिका गम्भीर घाइते
Friday, June 19th, 2020, 4:49 pm
तुलसीपुर, असार ५ । दाङमा पीङ खेल्ने क्रममा पासो लाग्दा एक बालिका गम्भीर घाइते भएकी छन् ।
घरको गेटमा सल लगाएर पीङ खेल्ने क्रममा उपमहागनरपालिका –८ नयाँबस्तीकी १२ वर्षीया छोरी पुष्पा परियार गम्भीर घाईते भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ ।
शुक्रबार पीङ खेल्नेक्रममा घाँटीमा सल बेरिएर उनी गम्भीर घाइते भएकी हुन् । बालिकाको राप्ती प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि कोहलपुर रिफर गरिको छ ।