पल, बले र रियाशाको ‘ए है माया’ बोलको गीत सार्वजनिक
Friday, June 19th, 2020, 12:48 pm
काठमान्डौ, ५ असार। ‘ए है माया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । लकडाउन केही खुकुलो भएपछि समाजिक दुरी कायम गरेर निर्माण गरिएको ‘ए है माया’ गीतको भिडियो सार्वजजिक भएको हो । सार्वजनिक गरिएको गीत ट्रेन्डिङमा आएसकेको छ ।
सरोज ओलीको शब्द, निर्देशन तथा स्वर रहेको गीतमा गायिका मेलिना राइले स्वर दिएकी छन् । विक्रम स्वारको कोरियोग्राफीमा रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ । नवराज उप्रेतीको छायांकन रहेको गीतलाई अर्जुन जिसिको सम्पादन रहेको छ । सार्वजजिक भएको ‘ए है माया’ बोलको गीतको भिडियोमा अभिनेता पल शाह, सागर लम्साल, रियाशा दाहाल, सुधिर श्रेष्ठको अभिनय रहेको छ ।
भिडियोमा कोरोना संक्रमणपछि एक्लोपनको महसुस हुन नदिन मनोरञ्जनसँगै माया, प्रेम र सहयोगको आवश्यकता पर्ने देखाएको छ ।