भारतमा निको हुनेको संख्या २ लाख नाघ्यो
Friday, June 19th, 2020, 11:53 am
काठमान्डौ, ५ असार। भारतमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख नाघेको छ । शुक्रबार बिहानसम्म भारतमा लगभग २ लाख ५ हजार १ सय ८२ जना सफल उपचार पछि निको भएर घर फर्कीसकेको पुस्टि गरिएको छ । निको हुनेको संख्या २ लाख नाघेको बेला भारतमा दिनदिनै उच्च संक्रमित रेकर्ड भइरहेको छ । भारतमा पछिल्लो २४ घण्टा यता हालसम्मकै उच्च संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार भारतमा कोरोना भाइरस संक्रमणको कारण १३ हजार ८ सय २३ जना संक्रमित थपिएका छन् । नयाँ संक्रमित थपिएसंगै भारतमा संक्रमितको संख्या तिन लाख ८१ हजार ९१ जना पुस्टि भइसकेको छ भने आउने दिनहरूमा संख्यामा थप वृद्धि हुने अनुमान लगाइएको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण ३ सय ४२ जनाको ज्यान गएसंगै हालसम्म त्यहाँ १२ हजार ६ सय ४ जनाको मृत्यु भइसकेको पुष्टि गरिएको छ । १ लाख ६३ हजार ३ सय ५ जना सक्रिय संक्रमित रहेको भारत अहिले प्रभावित देशहरूमध्ये चौथो स्थानमा रहेको छ ।