सुशान्तको मृत्युको कारण रहेको भन्दै ८ जनाविरूद्ध मुद्दा दायर
Thursday, June 18th, 2020, 7:23 pm
काठमान्डौ, ४ असार। बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युले बलिउडमा हंगामा मच्चाएको छ । लामो समयदेखि डिप्रेसनमा रहेको कारण अभिनेता सुशान्तसिंहले आइतबार मुम्बईमा बान्द्रास्थित आफ्नै फ्ल्याटमा आत्महत्या गरेका थिए । उनको मृत्युको कारणले बलिउड निर्माता तथा निर्देशक करण जोहर, एकता कपुर सञ्जयलीला भन्साली र अभिनेता सलमान खान सहित अन्य ४ जना विरूद्ध मुद्दा दायर गरिएको छ ।
इन्डियन मिडियाका अनुसार वकिल सुधिर कुमार ओझाले उनीहरूलाई अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको कारण रहेको बताउदै बिहार अदालतमा मुद्दा दायर गरेका हुन् । उजुरीमा वकिल सुधिरले सुशांत सिंह राजपूतलाई करीव सात फिल्महरूबाट हटाइएको र उनका केही फिल्महरू पनि रिलीज गर्न नदिएका हुदा यस्तो गलत कदम चाल्न बाध्य तुल्याएको आरोप लगका छन् ।
यि ४ जना सहित आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार र निर्देशक दिनेशको पनि नाम रहेको छ । वकिल ओझाका अनुसार उनले सेक्सन ३०६, १०९, ५०४ र ५०६ अन्तर्गत मुद्दा दायर गरेका हुन् ।