यस्ता छन् मरिचका अनेकौं फाइदा
Thursday, June 18th, 2020, 7:15 pm
काठमान्डौ, ५ असार। मरिचलाई भान्सामा एक प्रकारको मसलाका रुपमा प्रयोग गरिन्छ । मसलाको रुपमा प्रयोग गरिने यो कालो मरिचले स्वास्थ्यमा आश्चर्यजनक फाइदा दिने हुदा आयुरवेदमा विभिन्न औषधिको रुपमा पनि यसको प्रयोग हुदै आएको छ । मरिचमा ‘भिटामीन सी’, ‘भिटामीन ए’, ‘क्यारोटिन’ लगायत अन्य किटाणुनासक गुण हुन्छ जसले शरीरमा इम्युनिटिलाई बढाएर शरीरलाई बिभिन्न रोग लाग्न दिदैन ।
दैनिक चियामा मरिचको धुल्लो हालेर पिउने गर्दा धुलो तथा धुवाँका कारण छातीमा हुने समस्या, रुघाखोकी, घाटी दुख्ने, खोकी लाग्ने, फ्लु तथा भाइरल शंक्रमणबाट छुटकारा दिलाउन ठूलो मद्दत गर्दछ । एक चम्चा महमा एक चिम्टि मरिचको धुलो मिसाएर पनि सेवन गर्न सकिन्छ । स्वादमा पिरो हुने कारण यसले पेट र अन्य शरीरमा हुने किटाणुहरू नष्ट गर्न मद्दत गर्छ ।
मरिचले पाचन शक्ति बलियो बनाउनुका साथै पेटलाई सफा गरि ग्यास्टिकबाट सहजै छुटकारा दिलाउने काम गर्छ । मरिचको सेवनले रक्त संचारलाई नियमित बनाएर खराब कोलेस्टेरोललाई कम गरेर छालामा अक्सिजनको मात्रा उपलब्ध गराउने हुदा छाला चम्किलो बनाएर चाउरी पर्न दिदैन । मरिचको प्रयोगले दिमागलाई सहज बनाउनुका साथै सकृय बनाएर डिप्रेशन पनि लाग्न दिदैन । क्यान्सर लगायत अन्य रोगहरू पनि लाग्न नदिने मरिचको सेबनले शरीरलाई फुर्तीलो राख्छ ।