डेक्सामेथासोन कोरोनाका विरामीलाई फाइदाजनक: डब्ल्यूएचओ
Thursday, June 18th, 2020, 6:57 pm
काठमाडौं, ४ असार । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले डेक्सामेथासोन औषधि कोरोनाका विरामीलाई फाइदाजनक रहेको बताएको छ ।
बीबीसीका अनुसार डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एदोनहोम गेब्रियासेसले डेक्सामेथासोन औषधि कोरोनाका विरामीलाई फाइदाजनक देखिएको बताएका हुन् । प्रारम्भिक अनुसन्धानले अक्सिजन चाहिने बिरामीहरुलाई यसको प्रयोगले ज्यान गुमाउने जोखिमलाई दुईतिहाइ भन्दा कम गर्ने देखाएको छ ।
गेब्रियासेसले कोरोना विरुद्धको लडाईंमा महत्तवपुर्ण देखिएको औषधि डेक्सामेथासोन एक साधारण स्टेरोइड भएको र यसले गम्भीर बिरामीहरूलाई फाइदाजनक प्रभाव पार्ने देखिएको बताएका छन् । केहि दिन अघि मात्र बेलायतका विज्ञहरूले कोरोना भाइरसका बिरामीहरूलाई बचाउन दम र रुमटोइड अर्थाइटिसको उपचारका लागि प्रयोग हुने डेक्सामेथासोन नामको औषधि उपयोगी हुन सक्ने बताएका थिइ ।