काठमान्डौ, ४ असार। वि.सं २०६१ सालमा निर्माण भएको ‘आँधी तुफान’को सिक्वल बन्ने भएको छ । चलचित्र लेखक तथा निर्माता मौनता श्रेष्ठले ‘आँधी तुफान’को सिक्वल बन्ने जानकारी दिएका हुन् ।
सिक्वल बन्न लागेको जानकारी दिनुका सथै लकडाउनको समयमा ‘आँधी तुफान-२’ को कथा लेखिरहेको बताएका छन् । महेन्द्र बुढाथोकी निर्देशित ‘आँधी तुफान’ मा ‘आँधी तुफान’मा पुजना प्रधान, ऋचा घिमिरे र रञ्जु लामिछानेको मुख्य भूमिका रहेको थियो भने यो चलचित्र व्यावसायिक रुपमा सफल पनि भएको थियो ।
अब चलचित्रको सिक्वलका लागि पुराना कलाकारका साथै नयाँ कलाकारको पनि खोजि भइरहेको निर्माणपक्षले जनाएको छ । रत्न श्रेष्ठ कार्यकारी निर्माता रहने चलचित्रका लागि निर्देशकका साथै कलाकारको छनोट हुदै छ । नेपाली समाजमा भइरहेको नारीमाथिको दमन, शोषण र अत्याचारको कथामा चलचित्र बन्ने भएको हो । चलचित्रको छायांकन भदौबाट सुरु गर्ने तयारी रहेको मौनताले बताए ।