सीमा समस्या समाधानका लागि भारतसँगको वार्ता छिट्टै अघि बढ्छ ः प्रधानमन्त्री ओली
Thursday, June 18th, 2020, 5:06 pm
काठमाडौं, असार ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा समस्या समाधानका लागि छिट्टै भारतसँग वार्ता अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
बिहीबार संघीय संसदका दुवै सदन राष्ट्रियसभा र प्रतिनिधिसभाबाट संविधान संशोधन प्रक्रिया टुंगो लागेपछि प्रधानमन्त्री ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।
राष्ट्रियसभा बैठकबाट बाहिरिएपछि प्रधानमन्त्री ओलीले राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि संशोधनको प्रकृया टुंगिने र भारतसँग पनि छिट्टै वार्ता अघि बढ्ने बताए ।
उनले भने, ‘राम्ररी अगाडि बढ्छ अव संविधान संशोधनको प्रक्रिया राष्ट्रपतिज्यूबाट लालमोहर लागेपछि त्यसको प्रक्रिया टुंगिन्छ । अब छिट्टै नै वार्ताको प्रक्रिया पनि अगाडि बढ्ला ।’
प्रधानमन्त्री ओलीले एमसीसीको विषयमा पनि प्रतिकृया दिनुभएको छ । सभामुखले आफ्नोअनुकूल समयमा निर्णयका लागि पेश गरेपछि त्यो विषयमा टुंगो लाग्ने बताए ।