युद्ध रोक्न माग गर्दै चिनियाँ र भारतीय दूतावास अगाडि धर्ना
Thursday, June 18th, 2020, 4:50 pm
काठमाडौं, ४ असार ।युद्ध रोक्न र शान्तिलाई विस्तार गर्न माग गर्दै मानवअधिकार शान्ति समाजका अधिकारकर्मीहरुले भारतीय र चिनियाँ राजदूतावास अगाडि धर्ना दिएका छन् ।
भारत र चीनबीच सीमा विवाद चर्किदै गएको र दुई देशका सेना बीच भीडन्त हुँदा युद्ध बढ्ने सम्भावनालाई रोक्न माग गर्दै उनीहरुले विहीबार दूतावास अगाडि धर्ना दिएका हुन् ।
मानव अधिकार शान्ति समाज नेपालका संस्थापक सभापति कृष्ण पहाडीले चिनियाँ राष्ट्रपति र भारतीय प्रधनमन्त्री समक्ष उत्तेजनालाई नबढाउन, समझदारीलाई विस्तार गर्न, वार्ताबाट समाधान खोज्न र युद्धका कुनैपनि सम्भावनालाई खारेज गर्न दावाव दिन दुवै देशका राजदूतावास अगाडि एकैपटक धर्नामा बसिएको बताए ।
उनले युद्धले दक्षिण एसियाको शान्ति खल्बलिने र युद्ध कसैले पनि नजित्ने भएकाले युद्ध गर्न प्रोत्साहन गर्नु अपराध हुने बताए ।
केही दिनयता भारत र चीनबीच सीमा विवाद चर्किएको छ र दुईदेशका सेना बीच भीडन्त हुँदा २० जना भारतीय सेनाको निधन भएको थियो ।