हाल सम्म कोरोना संक्रमितको संख्या उच्च, २४ घन्टामा थप ६७१ जनामा कोरोना
Thursday, June 18th, 2020, 4:41 pm
काठमान्डौ, ४ असार। पछिल्लो २४ घन्टामा थप ६७१ जनामा कोरोना संक्रमण फेला परेको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले देशभर गरिएको परीक्षणमा थप ६ सय ७१ जनाको काेराेना रिपोर्ट पोजेटिभ आएको बताए ।
यससँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ७ हजार ८ सय ४८ पुगेकाे डा. गाैतमले बताए र कोरोना संक्रमित भएको जिल्ला ७४ पुगेको छ।