भारतमा एकै दिन १३ हजार बढि संक्रामित भेटिए
Thursday, June 18th, 2020, 3:20 pm
काठमान्डौ, ४ असार। भारतमा एकैदिन भेटिएका नयाँ संक्रमितको संख्या हालसम्मकै उच्च रहेको छ । भारतमा पछिल्लो २४ घण्टा यता हालसम्म कै उच्च संक्रमित रेकर्ड गरिएको बताइएको छ । भारतमा झन्डै एक दिनमा १३ हजार बढि संक्रमितहरू थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा १३ हजार १ सय ३ जना संक्रमित थपिएका हुन् ।
भारत अहिले कोरोना भाइरस रोगबाट सबैभन्दा बढी प्रभावित देशहरूमध्ये चौथो स्थानमा रहेको छ । हालसम्म भारतमा संक्रमितको संख्या तिन लाख ६७ हजार २ सय ६४ जना पुस्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण ३ सय ४१ जनाको ज्यान गएसंगै हालसम्म त्यहाँ १२ हजार २ सय ६२ जनाको मृत्यु भइसकेको पुष्टि गरिएको छ ।
भारतमा अहिलेसम्म लगभग १ लाख ९४ हजार ४ सय ३८ जना सफल उपचार पछि निको भएर घर फर्किएका छन् ।