घरमा टिन लगाउनेक्रमा लडेर एक जनाको मृत्यु
Thursday, June 18th, 2020, 2:30 pm
सुनसरी, असार ४ । घरमा टिन लगाउनेक्रमा लडेर एक जनाको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ का २३ वर्षीय शुशील मेहेताको घरबाट लडेर मृत्यु भएको हो ।
मेहेता बुधबार अपरान्ह साँढे ५ बजेको समयमा बराहक्षेत्र नगरपालिका–८ चौफालामा फूलकुमारी चौधरीको घरमा टिनको छाना लगाउने क्रममा अचानक छानाबाट लडेका थिए ।
गम्भीर घाइते भएका मेहेताको उपचारको क्रममा बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा साँझ साँढे ६ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।