झापामा जंगली च्याउ खाएर ३ जना बिरामी
Thursday, June 18th, 2020, 1:55 pm
झापा, ४ असार । झापामा जंगली च्याउ खाएर ३ जना बिरामी भएका छन् । झापाको कन्काई नगरपालिका–८ मा जंगली च्याउ खाएर एकै घरका ३ जना बिरामी भएका हुन् ।
बुधबार बिहानको खानासँगै जंगली च्याउ पकाएर खाएका ४० वर्षीया बेनुका लम्साल, उनका छोरा २१ वर्षीय बिपिन लम्साल र १९ वर्षीय सौरब लम्साल बिरामी भएका हुन् ।
बिरामी भएका तिनै जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।