गण्डकी प्रदेशमा बिहीबार बिहानै ७७ जना संक्रमित थपिए
Thursday, June 18th, 2020, 1:51 pm
पर्वत, असार ४ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा बिहीबार बिहान थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आज बिहान तीन पटक भिन्दाभिन्दै प्रेश विज्ञप्ती प्रकाशित गरेर कोरोना संक्रमित बढेको जानकारी दिएको हो ।
निर्देशनालयका निर्देशक तथा गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. बिनोदबिन्दु शर्माका अनुसार आज नवलपरासीमा ३१ जना, तनहुँमा १५ जना, गोरखामा ११ जना, स्याङजा र पर्वतमा ९–९ जना, बागलुङमा १ जना र मनाङमा १ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
पर्वतमा आईसोलेसनमा रहेका एक जना पुरुषको दोस्रो परिक्षणमा पनि कोरोना संक्रमण नै देखिएको निर्देशक शर्माले जानकारी दिए ।
अहिलेसम्म सुरक्षित रहेको मनाङमा पनि एक जनामा कोरोना संक्रमण देखिएको छ ।
कपिलवस्तु जिल्लाको वाणगंगा १४ स्थायी ठेगाना भई चामे गाउँपालिकामा कार्यरत एक कर्मचारी संक्रमित भएको स्वास्थ्य निर्देशक शर्माले बताए ।
योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ३२४ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।