गर्भावस्था आँप खानु कत्तिको फाइदाजनक
Wednesday, June 17th, 2020, 5:55 pm
काठमान्डौ, ४ असार। नौं महिनासम्म गर्भवती महिलाले खाने पोषक तत्वद्धारा पेटमा भएको बच्चाले उक्त पोषक तत्व प्राप्त गर्ने हुदा गर्भावस्थामा गर्भवती महिलालाई अन्य अवस्थामा भन्दा प्रशस्त मात्रामा पौष्टिक तत्वको आवश्यकता हुन्छ । गर्भावस्थामा बिभिन्न किसिमका पोषण युक्त फलफूल, तरकारी तथा झोल पदार्थ खानु जरुरी हुन्छ । बच्चाको स्वास्थ्यमा नकारात्मक असर देखाउने खाल्का खानेकुराहरूको सेवन गर्नु हुदैन ।
गर्भावस्थाका बेलामा खाने फलफुल मध्ये आँप धेरै फाइदाजनक मानिन्छ । अहिले आँपको सिजन छ । आँपमा प्रसस्त मात्रामा भिटामिन ‘ए’, भिटामिन ‘सी’, भिटामिन ‘बी ६’ का साथै पोटाशियम, फ्लोरिक एसिड पाइन्छ । यसले गर्भवती महिलालाई मात्र नभएर पेटमा भएको बच्चालाई पनि स्वास्थ्य राख्न मद्दत गर्छ । आँपमा प्रशस्त मात्रामा आइरन पाइने हुदा गर्भावस्थामा शरीरमा रगतको मात्रा बढाएर एनिमियाको समस्या हुन दिदैन ।
आँपमा प्रशस्त मात्रामा हुने फाइबरले गर्भावस्थाका बेलामा हुने ब्लडप्रेशरको लेवललाई नियन्त्रण गर्न मद्दत गर्छ । यसमा हुने एन्टी अक्सिडेन्टले शरीरमा उर्जा पैदा गर्नुका साथै शरीरमा रोग प्रतिरोधात्म क्षमतामा बृद्धि गरी संक्रमण हुनबाट जोगाउछ । गर्भावस्थाका बेलामा आँपको सेवन गर्नाले पाचन प्रक्रियालाई सामान्य बनाएर कब्जियत जस्ता पाचन सम्बन्धी समस्याबाट छुटकारा गराउछ । तर, हरेक कुराको ठिक्क मात्रा मात्र शरीरको लागि फाइदाजनक हुने गर्छ ।
आँप गर्मी गराउने फल हो । यसको अत्यधिक सेवनले शरीरको ताप र तौल बढाउन सक्छ । शरीरमा धेरै गर्मी को कारण अनुहार तथा जिउमा घमौरा, पिम्पल आउन सक्छ । आँप प्राकृतिक चिनीमा धनी हुन्छ । आँपको अत्यधिक सेवनले रगतमा चिनीको स्तर बढाएर गर्भावस्थामा हुने मधुमेह निम्त्याउन सक्छ ।