कोरोना भाइरसको औषधि भेटिएको विज्ञहरूको दाबी
Wednesday, June 17th, 2020, 5:36 pm
काठमान्डौ, ४ असार। कोभिडि १९ संक्रमितको उपचार गर्नका लागी औषधि भेटिएको बेलायतका स्वास्थ्य विज्ञहरूले दाबी गरेका छन् ।
बीबीसीमा उल्लेख गरिए अनुसार बेलायतका विज्ञहरूले कोरोना भाइरसका बिरामीहरूलाई बचाउन डेक्सामेथासोन नामको औषधि उपयोगी हुन सक्ने बताएका हुन् । दम र रुमटोइड अर्थाइटिसको उपचारका लागि प्रयोग हुने तथा सस्तो समेत रहेको यस औषधिले भेन्टिलेटरमा राखिएका र अक्सिजनमा राखिएका बिरामीको ज्यान बाँच्नसक्ने बताइन्छ । विज्ञहरूका अनुसार भेन्टिलेटरमा राखिएका प्रत्येक ८ बिरामीमा एकजना र अक्सिजन दिइएका २५ मध्ये एकको ज्यान बाँच्ने दे छ ।
१९६० देखि नै प्रयोगमा आएको यो औषधि यदि युकेमा सुरुदेखि नै यस औषधिको प्रयोग गर्न पाइएको भए कम्तिमा ५ हजार मानिसको जीवन जोगिने उनीहरूको दावी गरिएको छ ।