गर्मीको मौसममा खानैपर्ने केहि तरकारीहरू
Wednesday, June 17th, 2020, 5:33 pm
काठमान्डौ, ४ असार। धेरै स्वास्थ्य समस्या तथा फुड प्वाइजनिंगको समस्याहरू धेरै जसो गर्मी मौसममा हुने हुदा खानपानमा धेरै नै ध्यान दिन जरुरि हुन्छ । सानो लापरवाहीको कारणले पनि मानिस छिट्टै बिरामी पर्ने सम्भावना धेरै रहन्छ । गर्मी महिनामा पाचन शक्ति कमजोर हुने, शरीर पनि अल्छि हुने र केहि कम नगरी छिट्टै थाक्ने गर्छ । गर्मीको मौसममा स्वास्थ्यलाई निकै ध्यान दिएर हल्का वा सजिलै पच्ने खालको खाना खानु पर्छ ।
छिट्टै पचाउन सकिने फाइबर भएको तथा कम क्यालोरी हुने खानाहरू खानु पर्छ । यस प्रकारको खानाले पेट सफा रहनुका साथै पाचन प्रक्रियामा अवरोध आउदैन । गर्मी मौसममा प्याज, हरियो सिमी, लौका, फर्सी, करेला, र टमाटरमको सेवन गर्नु पर्छ । प्याजले गर्मी मौसममा लाग्ने लू बाट बचाउछ भने हरियो सिमीले कोशिकाहरुको क्षति ठीक गरेर शरीरमा नयाँ कोशिका निर्माण गर्न मद्धत गर्छ ।
लौका, फर्सी चिसो खालको तरकारी हुन् जसमा क्यालोरी कम हुन्छ र यसलाई सजिलै पचाउन सकिन्छ । सजिलै पच्ने हुदा पेट सफा गरेर ग्यास बन्न दिँदैंन । करेला स्वादमा तीतो भएपनि छिट्टै पच्ने हुदा यसले पाचनशक्तिलाई सक्रिय गरेर अरुचि हटाउनुका साथै भोक जगाउछ । टमाटरले शरीरको रोगप्रतिरोधी क्षमता मजबूत बनाएर विभिन्न खालका रोगहरूबाट बच्न मद्दत गर्छ ।
आजकल धेरै रसायनहरू प्रयोग गरेर बेमौसम तरकारीहरू सजिलै बजारमा उपलब्ध भएको देख्न सकिन्छ । तर, यस्तो बेमौसमी तरकारीहरूको सेवन गर्नु भन्दा पनि गर्मी मौसममा पाइने रसायन नभएको तरकारीहरूको प्रयोग गर्नुपर्छ । साथै गर्मीको बेलामा बाहिरको, तेलमा बढी तारेको चिल्लो तथा मसाला युक्त खाना खानु हुँदैंन ।