हरियो धनियाँका फाइदाहरू
Wednesday, June 17th, 2020, 5:25 pm
काठमान्डौ, ४ असार। हरियो धनियाँलाई पिसेर अचारको रुपमा, तरकारी, दाल वा अन्य परिकारमा वा विभिन्न खाने कुरामा काच्चै प्रयोग गर्न सकिन्छ ।
धेरै जसो स्वाद र सुगन्धको लागि प्रयोग गरिने हरियो धनियाँलाई सेवनले शरिरमा विभिन्न फाइदाहरू पनि गर्छ । धनियाँमा एन्टीमाइक्रोवियल, एन्टीअक्सिेडन्ट, एन्टी डिस्लिपिडेमिक जस्ता विभिन्न औषधिय गुणहरूका साथै भिटामिन सी, भिटामिन के, खनिज पदार्थ र प्रोटिन जस्ता पोषक तत्व पनि पाइन्छ । हरियो धनियाँलाई नियमित रुपमा सेवन गर्दा पाचन प्रणालीलाई सक्रिय बनाएर पेटमा रहेका कीटाणुहरूलाई मार्ने गर्छ ।
दैनिक हरियो धनियाँको सेवनले गर्दा अपचको समस्या, ग्यास्ट्रिक, एसिडिटी, कब्जियत जस्ता पेटसम्बन्धी समस्याहरूमा राहत दिन्छ । यसको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमतालाई बढाएर शरिरमा विभिन्न रोग लाग्नबाट जोगाउने गर्छ ।
हरियो धनियाँको नियमित सेवनले गर्दा शारीरिक कमजोरी हटाएर शरीरमा तुरुन्तै उर्जा उत्पन्न गराउछ । प्रसस्त मात्रामा भिटामिन ‘ए’पाइने हुदा आँखाको विभिन्न समस्या भएका व्यक्तिहरूले यसको प्रयोग गर्दा फाइदा हुन्छ ।
हरियो धनियाँको सेवनले रगतलाई शुद्धिकरण गरेर शरिरमा अनावश्यक कोलेस्टोरल निस्काषित गरेर उक्त रक्तचापलाई नियन्त्रण गर्नुका साथै मधुमेह तथा मुटु सम्बन्धि विभिन्न रोगलाई फैलिनबाट रोक्ने काम गर्छ । हरियो पातहरूमा धेरै फोहर वा जीवाणु टासिने सम्भावना धेरै हुने धनियाँलाई प्रायोग गर्नु अघि सफा पानीले धुनु पर्छ । बजारमा बेचिने धनियाँ भन्दा पनि आफ्नै घरआगँनमा उत्पादन गरेको खाने गर्दा स्वास्थयलाई राम्रो हुन्छ ।