समयमा सुते पनि अत्याधिक निन्द्रा लाग्छ भने पढ्नुहोस्
Wednesday, June 17th, 2020, 5:21 pm
काठमान्डौ, ३ असार। धेरै जसो मानिसहरूलाई समयमा सुते पनि अत्याधिक निन्द्रा लागिरहने समस्याले सताईरहेको हुन सक्छ । कहिले कहिँ अत्याधिक थकान, सुतिरहन मन गर्ने, आँखा नै खोल्न नसक्ने गरि निन्द्रा लागिरहने पनि हुनसक्छ । घरमा मात्र नभएर बाहिर जादा, काम नगर्दा पनि छिट्टै थाक्ने, आलस्य हुने, तथा निन्द्रा लागिरहने हुने गर्छ ।
काममा ब्यस्त रहेर निन्द्रा नपुगेको कारण, शरीरमा पानी र अक्सिजनको मात्रामा कमि भएमा, एनिमिया अर्थात् रक्तअल्पताको समस्या भएमा पनि धेरै निन्द्रा लाग्ने समस्या देखापर्न सक्छ । दैनिक खाने खानेकुरामा आइरन र भिटामिनको कमी, शरीरमा रातो रक्तकोषको कमीका कारण एनेमीया हुन्छ । रातो रक्तकोषले फोक्सोबाट शरीरभरि विभिन्न अंगहरुमा अक्सिजन पुर्याउने काम गर्ने गर्छ ।
शरीरको विभिन्न अंगमा अक्सिजन पुग्न नसक्दा शरिर कमजोर भएर अल्छि लाग्ने समस्या पैदा हुन्छ र, अत्यधिक निद्रा लाग्छ । शरीरमा अक्सिजन र रगतको मात्रा नपुग्दा पनि समय समयमा हाई पनि आउछ । डिप्रेसन पनि धेरै सुत्नुको ठुलो कारण हुनसक्छ । डिप्रेसन हुदा मानिसले आफूलाई निकै कमजोर महसुस गर्छ र निन्द्राको समयमा मात्र तनाबमुक्त हुने सोचका कारण मानिस धेरै सुत्छ ।
अत्याधिक निन्द्रा लाग्ने समस्यालाई बेवास्ता गर्नु हुँदैन । दिनहुँ २ लिटर वा सो भन्दा बेसी पानी पिउदा निन्दा लाग्ने समस्या हराएर जान सक्छ । साथै प्रशस्त मात्रामा प्रोटीनयुक्त खानामा, बढी मात्रामा फलफूल, तरकारी तथा सलादको सेवन र शाररिक ब्यायाम गर्नुपर्छ । यस्ता खानेकुराको सेवनले शरीरमा थकाइ कम गरि निन्द्रा कम लगाउने गर्छ । चिल्लो, पिरो, अमिलो जस्ता खानेकुरा, धुम्रपान, मदिरापान र खैनी जस्ता सुर्तीजन्य पदार्थबाट आफुलाई टाढा राख्नु पर्छ । र, डाक्टरको सल्लाह बिना कुनै पनि औषधिको सेवन गर्नु हुदैन ।