गायक प्रमोद खरेल बने छोरीका पिता
Wednesday, June 17th, 2020, 5:18 pm
काठमान्डौ, ३ असार। नेपालका चर्चित गायक प्रमोद खरेल पिता बनेका छन् । ट्विटरमार्फत उनले फोटो सेयर गर्दै आफु छोरीको बाबु बनेको जानकारी गराएका हुन् ।
जीन्दगीले अर्को खुशीको आकाश छोएको भन्दै छोरीको तस्विर ट्विटरमा सेयर गरेर घरमा लक्ष्मीको आगमन भएको लेखेका छन् । भ्यान्टिलेटरमा ६ दिन अर्थात १४५ घण्टाको कठिन संघर्षपछि बल्ल छोरी काखमा आइपुगे पछि मात्र उनले आफु पिता बनेको जानकारी दिएका हुन् । उनले आफु तनावग्रस्त अवस्थामा सबैसँग खुशी बाड्न नसकेको बताउदै अल्का हस्पिटल टिम, शुभेच्छुक, भगवान र प्रार्थना गरिदिनु हुने सबैप्रति आभार ब्यक्त गरेका छन् ।
फोटो सेयर गरिसकेपछि अहिले फिल्मकर्मी र प्रशंसकहरूले उनीहरूलाई बधाई दिइरहेका छन् ।