यस्ता छन् पुदिनाका फाइदाहरू
Wednesday, June 17th, 2020, 5:14 pm
काठमान्डौ, ३ असार। नेपालीहरूको भान्सामा धेरै जसो अचारको रुपमा प्रयोग गरिने पुदीनाका धेरै फाइदाहरू छन् । आयुर्वेदमा पुदीनालाई सयौं वर्षदेखि जडिबुटीका रुपमा प्रयोग गरिँदै आएको छ ।
गर्मीले दुख्ने टाउको र माइग्रेन पनि पुदिनाको नियमित सेवानले निको हुन सक्छ । पुदिनाको नियमित सेवानले खाना पचाउन सहयोग गर्नुका साथै तौल घटाउने, अरुचीबाट मुक्ति दिने तथा पेट सम्बन्धि समस्याहरू लगायतमा मद्धत गर्छ । यो श्वासको दुर्गन्ध हटाउने माउथ फ्रेसनर पनि हो । यसले मुखबाट आउने गन्धलाई हटाउने गर्छ ।
यसले नाक, घाँटी, ब्रोङकाई, फोक्सो सफा गर्ने भएकाले दम या रुघाका कारण हुने श्वासप्रश्वाससम्बन्धी समस्या पनि हटाउन मद्दत गर्छ । साथै पुदीनाको सेवनले छालाका समस्या पनि कम गर्न सक्छ ।पुदिनालाई खादा वा अनुहारमा लगाउदा पनि छाला सफा हुनुका साथै छालाको संक्रमण, डण्डीफोर तथा दाग हराएर जान्छ ।
पुदिनाको सेवनले थकान हटाएर चिन्ता, डिप्रेसन आदिको समस्यामा समेत समाधान गर्न सहयोग पुर्याउँछन् । एक अध्ययनका अनुसार पुदीना मिसाइएको चुईङगम खानाले दिमागी सचेतना बढेर स्मरणशक्ति पनि बढ्ने अध्ययनको निष्कर्सले देखाएको छ । पुदीनालाई प्रयोग गरेर टुथपेष्ट, चुईङगम, क्यान्डी, इन्हेलर, पेट दुख्दा खाने औषधिमा पनि प्रयोग गरिन्छ । धेरैले पुदीनालाई माउथ फ्रेसनर वा पेट साफा गर्ने तत्वको रुपमा चिन्ने गर्छन् ।